विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण 

सोमबार, मंसिर १, २०८२

बेइजिङ । चीनले विगत ५ वर्षमा विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गरेको छ ।  चीनको पानी व्यवस्थापन मन्त्रालयका अधिकारीहरूका अनुसार विगत पाँच वर्षको अवधिमा, देशले विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गर्न सफल भएको हो ।  २०२१ देखि २०२५ सम्म, चीनले पानी संरक्षण डाइभर्सन र सिँचाइ परियोजनाहरूमा लगभग ४२० अर्ब अमेरिकी डलर लगानी गरेको छ, जसले देशको कुल पानी आपूर्ति क्षमतालाई ९०० अर्ब घनमिटरमा पुर्‍याएको छ । देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घनमिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पुर्‍याइएको छ । 
त्यस्तै, चीनले एक ट्रिलियन घन मिटर पानी अटाउन सक्ने ९५,००० जलाशयहरू पनि निर्माण गरेको छ । जुन जलाशयहरूको संख्या, प्रकार र उच्च बाँधहरूको संख्यामा विश्वव्यापी रूपमा पहिलो स्थानमा छ । साथै, चीनले विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत ग्रामीण पानी आपूर्ति प्रणाली स्थापना गरेको छ, जसमा २०२५ को अन्त्यसम्ममा ९६ प्रतिशत ग्रामीण जनसंख्याले धारा पानीमा पहुँच पाउने अपेक्षा गरिएको छ ।–सीसीटीभीप्लस

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार