नयाँ दल दर्ताको लागि आयोगले बढायो समय, मंसिर ६ सम्म निवेदन दिन सकिने

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने सकिने गरी म्याद थप गरेको छ । अब मंसिर ६ गतेसम्म नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्नु पर्ने समयसिमा निर्धारण गरिएको थियो । आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो । ‘मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । ‘चुनावका लागि ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।’ आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेका छन् । जेनजी आन्दोलनपछि घोषणा भएको चुनावका लागि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । यसअघि कायम भएका ७ वटा दल खारेज भएका छन् । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार