सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन् : डा. बाबुराम भट्टराई

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।  आइतबार सामाजिक सञ्जाल मार्फत उनले घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला अहिले नभएको बताए ।  उनले लेखेका छन्,‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म–समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !’
 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार