फागुनको निर्वाचनका लागि दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको थियो । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएपछि २१  फागुनमा हुने तय भएको नयाँ निर्वाचनका लागि दल दर्ताका लागि आह्वान भएको हो । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार