अशोक राई नेतृत्वको जसपा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन छलफलमा 

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । शनिबार पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालसहितको समूह र जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीबीच वार्ता भएको हो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए । नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  बैठकमा चुनावमा कसरी जाने भन्ने विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार