सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेश सरकार गठन र सभामुख रामचन्द्र मण्डलले पदीय अनुकूल आचरण नगरेको भन्दै आन्दोलित सात दलले शनिबार प्रदेशसभाबाहिर प्रदर्शन गरेको छ । प्रदेशसभा सचिवालयभित्र भने सात दलका सांसद धर्नामा बसेर सभामुख मण्डलविरुद्ध दर्ता गराएको प्रस्तावबारे जानकारी लिन पुगेका छन् । लोसपाका सांसद उपेन्द्र महतोले सभामुख मण्डलविरुद्ध दर्ता भएको पदीय अनुकूल आचरण नगरेको प्रस्तावबारे बुझ्न प्रदेशसभा परिसरमा पुगेको बताए । प्रदेशसभा परिसरमा धर्नामा बसेका सात दलका सांसदसँगै उपसभामुख बबिता राउत ईशर पनि टेबल कुर्सी लगाएर बसेकी छिन् । जनकपुर मत्स्य पालन केन्द्रअगाडिको हटियामा भेला भएका सात दलका नेता–कार्यकर्ता भने त्यहीँबाट नाराजुलुस लगाउँदै प्रदेशसभा पुगेका हुन् । त्यहाँ बाक्लो संख्यामा तैनाथ नेपाल र सशस्त्र प्रहरीले उनीहरुलाई बाहिरै रोकेर राखेको छ ।