मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण

शुक्रबार, कात्तिक २८, २०८२

ललितपुर । १५औँ महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि  भन्ने विषयमा नेपाली काँग्रेस रुमल्लिरहेका बेला कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी मुख्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षणपत्रमा केन्द्रीय सदस्य उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा. डिला सङ्ग्रौला, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।  काँग्रेसका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नाका साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार