मधेस प्रदेशमा राजनीतिक संकट 

सभामुखविरुद्ध महाभियोग, ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं । प्रदेश संरचनामाथि प्रश्न उठिरहेकै बेला मधेस प्रदेशमा भने अस्वभाविक दृश्यहरू छताछुल्ला भएका छन् । मुख्यमन्त्रीको नियुक्ति, सरकारी भवन छलेर होटेलमा मुख्यमन्त्रीको शपथ, सरकार बनाएको दल बाहेकले विरोध प्रदर्शनसहित सरकारी कार्यालयमा तोडफोडसहितका घटनाहरू भएका छन् । सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्तासँगै सभामुखबाट प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलले निर्णय लिएका छन् । सभामुखको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छन् । आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त  गरेका थिए । लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए ।
लगतै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन् ।  सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् । 

Madhes-1763085585.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार