सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’ त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगती र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि छलफल भएको बताए । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नको लागि सबैको सहयोग प्राप्त हुने कुरा राखेको उनले जानकारी दिए ।