सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । जनकपुरधाममा सात राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहृले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध गरेका थिए । सोही समयमा सुरक्षाकर्मीले लाठी चार्ज गर्दा दर्जन बढी घाईते भएका थिए । सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आज विहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र–नेकपा एस) लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्ट रहेका छन् ।