सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन् । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन राज्यको दायित्व भएको बताएका छन् । उनले फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताएका छन् । उनीले फाल्गुनन्दका आदर्शबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार भाषा, संस्कृति र लिपिको संरक्षणमा प्रतिबद्ध रहेको र संविधानले दिएको भाषिक अधिकारलाई व्यवहारमा ल्याउने तयारी भइरहेको बताएका छन् ।