फेरि चिकित्सकमाथि कुटपिट 

मेची अस्पतालका डा. कपुरी बिरामीका आफन्तबाट कुटिए 
सोमबार, साउन ४, २०७८

झापा । मेची अस्पताल भद्रपुरका डा.केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा.कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. टङ्कप्रसाद बाह्रकोटीले बताए ।  ‘हामीले असुरक्षा महसुस गरिरहेका छौं’, उनले भने, ‘बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।’ डा. कपुरीले घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन भइरहेको जानकारी दिए । दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार