सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन् । उनले नेकपा एसका नेताहरूप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाका अन्त गएको र युवा पुस्ताहरू एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन् । सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरूको आग्रहले नभई आफ्नो अनुभवले नेकपा एसका नेताहरू घर फर्किएको उनको भनाइ छ । उनले भने, ‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाका अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन् । हाम्रो आग्रहले होइन् उहाँहरूको अनुभवले घर फर्कनु भएको हो । हामीले आह्वान गरौं । तर फकाइफुल्याई वरीयतामा केही पनि दिन्छु भनेका छैनौं । यो चाहियो भनेको छैनौं । घर फर्कने छौं मात्र भन्नुभएको छ ।’ त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे । एमालेमा कोही खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था नभई फराकिलोसँग बस्ने इस्पेस रहेको बताए । अध्यक्ष ओलीले अब उप्रान्त नेकपा एमालेले जेनजी आन्दोलनको जस्तो घट्ना हुन नदिने भन्दै आगो लगाउनेलाई छुट नदिने बताए । त्यस्तै उनले निजी सम्पत्ति स्वाह पारिदने चिनिएका तत्वहरूलाई सरकारले गिरफ्तार र कारवाही नगरेको भन्दै यस्तो दण्डहीनताको प्रवृत्तिले दीर्घकालिन प्रतिसोध जन्माएर समाजमा दीर्घकालिन अशान्ति हुने बताए । उनले समयमा नै दोषीहरूलाई कानुनी कारवाहीगर्न सरकारलाई चेतावनी दिए । ‘अब उप्रान्त नेकपा एमालेले यस्तो घट्ना हुन दिने छैन् । आगो लगाउनेलाई छुट दिने छैन् । निजी सम्पत्ति स्वाहा पारिदने तत्वहरू चिनिएका छन् । गिरफ्तार वा कारवाही गर्न नहुने पनि हुन्छ ? म सरकारलाई चेतावनी दिन्छु । यस्तो दण्डहिनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दीर्घकालिन अशान्ति हुनसक्छ । त्यसकारण समयमा नै कानुनी कारवाही गर्नुपर्छ,’ उनले भने । जेनजीको नाममा युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरू भएको बताए । उनले भने,‘जेनजीको नाममा आन्दोलन होइन अर्कै चिजको भएछ । राष्ट्र र व्यक्तिको सम्पति जलाइएछ । थुप्रै युवाहरू एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ । संसद् विघटन गर्ने अनि हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री भएछन् । नहुन पर्ने सबै नराम्रो काम भएछ । असंवैधानिक सरकार बनेछ । लोकतन्त्र विरोधी र जनमतलाई अनादार गर्ने सरकार बनेछ । संविधान जगाउने र जसबाट संसद पुर्नस्थापना गर्ने बाटो नै ठिक रहेछ भनेर केही जेनजी र युवाहरू एमालेमा नयाँ प्रवेश गर्नुभएको छ ।’