प्रचण्ड र माधव नेपाल पद एवम् पावरका भोगी हुन् : महेश बस्नेत

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं  । नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् । उनीहरूबीच धेरै कुरा नमिले पनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै बस्नेतले व्यङ्ग्य गरेका हुन् ।  कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  ।  ‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाहीँ मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो । हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’ उनले भने  । उनले  पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेता पनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार