आज विश्व स्वतन्त्रता दिवस 

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवस मनाइने गरिन्छ ।  यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००१ मा ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । त्यहीअनुरुप उनले त्यसपछिका वर्षमा, त्यसपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि यसलाई आधिकारिकता दिए । सन् १९४७ देखि संयुक्त राज्य अमेरिकामा मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार