मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत, अब कहिले बन्ला नयाँ सरकार ?

आइतबार, कात्तिक २३, २०८२

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामा घोषणा गरेका थिए । सोनलले हिजो राति नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईृ राजीनामा बुझाएका थिए । सोनलको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार