सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरूले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरू चलेको जानकारी दिँदै कानुनी राज्यको वहाली भइसकेको बताए । मन्त्री अर्यालले सरकारले उद्योगी व्यवसायीहरूको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिने पनि दावी गरे । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा घुसपैठ भयो । त्यहाँ अपराधिक तत्वहरूले प्रवेश पाए र क्षति गरे । तर त्यसलाई राज्यले सम्बोधन गरेको छ । ३८० जनालाई पक्राउ गरेको छ । १५० जनालाई विभिन्न मुद्दाहरू चलेको छ । त्यसैले कानुनी राज्यको वहाली भइसकेको छ । यसमा सरकार प्रतिबद्ध छ । उद्योगी व्यवसायीहरूको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने छ ।’ त्यस्तै उनले अब कुनै नेता र मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै सुशासनको मामिलामा अब फरक ढंगले हेरिदिन आग्रह गरे ।