मुख्मन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा

शनिबार, कात्तिक २२, २०८२

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरूबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् । त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार