जेनजी आन्दोलनले पुर्‍याएको क्षतिबारे प्रदेश सभामुखहरूले गरे छलफल 

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं । बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले भदौ २३ र २४ को आन्दोलनले पुर्‍याएको क्षतिबारे विस्तृत रुपमा छलफल भएको बताएकी छन् ।  शुक्रबार प्रदेशसभाका सभामुखहरूले गरेको छलफलबारे जानकारी दिँदै उनले भदौ २३ र २४ को आन्दोलनले पुर्‍याएको क्षतिसँगै प्रदेशसभालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा छलफल भएको बताइन् ।  उनले प्रदेश सभामा व्यवस्थित तरिकाले प्रदेश सभाहरू सञ्चालन गर्ने, विधेयकहरूलाई अगाडि बढाउने, प्रदेश सभामा भएका दैनिक क्रियाकलापहरू सबै बसेर छलफल गर्ने कुरा बैठकमा उठेको समेत बताइन् ।  ‘हाम्रो सभा अहिले सबै प्रदेशसभाहरूलाई व्यवस्थित रुपमा लैजाने, प्रदेश सभामा यो जुन भदौ  २३ र २४ को आन्दोलनले कति क्षति पुर्‍याएको छ भनेर विस्तृत रुपमा छलफल भएको हो । अब प्रदेश सभामा व्यवस्थित तरिकाले प्रदेश सभाहरू सञ्चालन गर्ने, विधेयकहरूलाई अगाडि बढाउने, प्रदेश सभामा भएका दैनिक क्रियाकलापहरू सबै बसेर छलफल गर्ने कुरा आएको हो’, उनले भनिन्  ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार