कांग्रेसको महाधिवेशन वैशाख ६ मा गरौं : किरणराज पौडेल

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औं महाधिवेशन बैशाख ६ गते गर्न प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्दै पौडेलले व्यक्तिगत कार्यतालिका नै प्रस्तुत गरेका हुन् । उनले भने ‘मंसिर १ देखि पुष १५ गतेसम्म क्रियाशील सदस्यहरू वितरण । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरूको नामावली तयार गर्ने, पौष १५ देखि फागुन २१ गतेसम्म प्रतिनिधिसभाको चुनावमा जुट्ने र चैत्र महिनाभर वार्ड तहदेखि प्रदेश तहका सबै अधिवेशनहरू सम्पन्न गर्ने उल्लेख गरेका छन् ।  यसैगरी  नेपाल विद्यार्थी संघको स्थापना दिवस वैशाख ६ गते पारेर २०८३ सालमा कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन गर्नु पर्नेमा उनले जोड दिए । केन्द्रीय कार्यसमितिको बैठकमा अलि आक्रामकरुपमा प्रस्तुत भएका पौडेलले नेपाली कांग्रेसको सक्रिय सहभागिता विना आम निर्वाचन नहुने भएकाले पहिला निर्वाचनमा ध्यान केन्द्रित हुन आग्रह गरे ।  उनले भने ‘अहिले हामी अल्मलिएकाले चुनावी वातावरण बनेको छैन, फागुन २१ मा जसरी पनि चुनाव गराएर संविधानलाई सही ट्रयाकमा ल्याउनुपर्छ । त्यसपछि हामी पार्टीको महाधिवेशन गरौं ।’
केन्द्रीय समितिमा महामन्त्रीप्रति आक्रामक अभिव्यक्ति दिएका पौडेलले भने, ‘राष्ट्रिय राजनीतिको मुलधारबाट कांग्रेस ओझेलमा पुगेको महसुस भएको छ । कांग्रेस बिना फागुन २१ को निर्वाचन संभव छैन, निर्वाचन भएर संसदले पूर्णता नपाईकन संविधान बच्दैन । हामीले जनता सामु गरेका कबुल पुनःस्मरण गरौं । विकासका तथ्यांकहरू र गिर्दै गईरहेको देशको आर्थिक अवस्था उद्योगी, व्यापारीको मनोबल गिरेर पूँजी पलायन भइरहेको विषयलाई गम्भीर भएर सोचियोस् ।’ जेन जी पुस्ताको आन्दोलन पार्टीकाविरुद्ध नभएको बताउँदै पार्टीका तर्फÞबाट पटक पटक सत्तामा गएर गÞलत गरेकाको विरुद्धमा रहेको प्रष्ट पारे ।  केन्द्रीय सदस्य पौडेलले नेपाली कांग्रेस पार्टीबाट हालसम्म लाभको पदमा पुगेका सबैले आ–आफ्नो आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन, पार्टीका हाल जिम्मेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानविन गर्न माग पनि गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार