उखुको भुक्तानी माग्दै सिडियो कार्यालयमा ज्ञापनपत्र

शुक्रबार, कात्तिक २१, २०८२

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भए पनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार धनकौल–२ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो । क्रसिंङ् सिजन २०७०/०७१ देखि २०८१/८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ । यसअघि २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा मिलले केहि दिनमा बाँकी रकम भुक्तानी गर्ने सहमति भए पनि मिल पक्षले हालसम्म कुनै रकम नदिएपछि किसानहरू पुनः प्रशासनमा पुगेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार