सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ । आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ । बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ । आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ । धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन् । आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ । तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् । सोही आँधीका कारण फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ ।-सीसीटीभीप्लस