जनकपुरका निजी अस्पताल सञ्चालकहरू आन्दोलनरत्त चिकित्सकका माग सम्बोधन गर्न तयार

बिहीबार, कात्तिक २०, २०८२

जनकपुर । जनकपुरधामका निजी अस्पतालहरूको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालमा आवद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।  बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरूले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरूको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनीहरूले चिकित्सकहरूलाई सम्बन्धित अस्पताल प्रशासनसँग आफ्नो कुरा राखेर छलफल गर्न आएमा आफूहरुले सकेसम्म तलब सुविधा उपलब्ध गराउने बताए । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२/०७/१६ को विज्ञप्तिको बुंदा ३ तथा ४ मा उल्लेख भए अनुसार प्रा. डा.श्रीकृष्ण श्रेष्ठको संयोजकतामा गठीत समितिले १ महिना भित्र अस्पतालहरूको वर्गीकरण गरी पारिश्रमिक सम्बन्धि कार्ययोजना तयार पार्ने भनेको छ ।  सोही निर्णय प्रति जनकपुरधामका निजी अस्पतालका सञ्चालकहरूले पनि आफूले सञ्चालन गरेको अस्पताल वर्गीकरण भई सरकारले तोक्ने तलब सुविधा चिकित्सकहरूलाई उपलब्ध गराउने बताए । उनीहरूले  वर्गीकरण हुन १ महिनाको समय रहेकोले अहिलेका लागि आन्दोलनरत्त स्वास्थ्यर्कीहरूलाई अस्पताल फर्किन आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार