‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’

बुधबार, कात्तिक १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले धेरै पटक प्रधानमन्त्री हुँदा र समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भएको भन्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित जेनजी र वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जान सकेमा देशको रोग सँधैको लागि हट्न सक्ने बताए ।  उनले भने,‘तपाईंहरुले प्रदेशको खारेजीको कुरा उठाउनुभएको छ । अहिले हामीले प्रदेशको खारेजीको कुरा गर्यौं भने नेपाल विखण्डन हुन सक्छ । त्यसैले यसलाई प्रशासनीक रुपले विकास गर्नुपर्छ । प्रधानमन्त्री धेरै हुँदा, समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भयो । दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्छ । अहिले हामी चुनावमा गयौं भने व्यक्ति परिवर्तन होला तर प्रवृत्ति परिवर्तन हुँदैन् । जुन यो रोग छ । एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर हामी निर्वाचनमा गयौं भने सँधैको लागि यो रोग हट्छ ।’  त्यस्तै उनले इच्छाशक्ति भएको र इमान्दार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे ।  ‘यो अहिलेको प्रणाली राम्रो हो । तर इच्छाशक्ति भएको इमान्दार नेता भएन भने राम्रो देश बन्दो रहेनछ । इमान्दार नेताको हातमा परेन भने युवाहरुले हामीलाई असहयोग गरेर विदेश उड्दो रहेछन् । जुन कुरा मेरो विगतको अनुभवले पनि देखाएको छ,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार