जाँचबुझ आयोगले लियो रास्वपाका सभापति लामिछानेसँग बयान 

बुधबार, कात्तिक १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिएको छ ।  लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट अपराह्न सिंहदरबार ल्याइएको हो । उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गरेको छ । यसअघि आयोग प्रतिनिधिहरू कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार