राम कुमारी झाँक्रीसहितका नेताले छाडे समाजवादी पार्टी 

'यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छौँ '
बुधबार, कात्तिक १९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको  बताएकी छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन् । उनले समाजवादी पार्टीसँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् ।  
‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवारी हरु थिए । त्यहि कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ । तर यात्रा ट्ंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छाै‌ँ,’ उनले भनिन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि  सकिएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन् ।  ‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा  हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो । त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामी भित्रपनि धेरै आइडियाहरु छ । हामी सँग पनि थुप्रै साथिहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’उनले भनिन् ।  नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका अन्तरिक लोकतन्त्रहरु  खँुम्चिएको  बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताइन् ।  ‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका अन्तरिक लोकतन्त्रहरु पनि खँुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउन सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विर्सजन गर्ने बनायो,’ उनले भनिन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार