माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो । तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार