बालुवाटार बैठक : दलहरू निर्वाचनका लागि सकारात्मक, शान्ति सुरक्षातर्फ भने विशेष चासो 

बिहीबार, कात्तिक १३, २०८२

काठमाडौं  । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठकमा विशेष गरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  उनले निर्वाचनमा सबै दलहरू भाग लिन तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए ।  उनले भने, ‘नेपाली कांग्रेसकोतर्फबाट निर्वाचनका लागि सहयोग गर्ने धारणा आएको छ । नेकपा माओवादीको तर्फबाट पनि त्यस्तै कुरा आएको छ । नेकपा एमाले पनि स्पष्ट रुपमा भनेको छ । हामी लोकतान्त्रिक पार्टी भएकोले चुनावमा जाँदैनौ भन्ने होईन् । चुनावा हनुपर्छ भन्नु भएको छ । मात्र के भन्नुभएको छ भने सरकारले चुनाव र सुरक्षाको  वातावरण बनाउन सक्छ कि सक्दैन् भनेर चासो राख्नुभएको छ । अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भनेका छन् ।’ त्यस्तै उनले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाए ।  ‘यो बैठक औपचारिक रूपमा सरकारकातर्फबाट पहिलो पटक आयोजना भएको हो । असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । खासगरी राजनीतिक दल र जेजनी पुस्ताबीचमा संवादहीनताको अवस्था थियो । औपचारिक रुपमा संवाद हुन सकेको थिएन । अनौपचारिक रूपमा छलफल भए पनि औपचारिक वार्ता हुन सकेको थिएन आज त्यो अवस्थाको अन्त्य भएको छ ।’ जेनजी प्रतिनिधिहरूले उठाएको मुद्दाहरूलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार