अन्तरिम आदेश जारी भएन प्रतिनिधिसभा विघटनविरुद्ध 

७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
बुधबार, कात्तिक १२, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैर्धानिक इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । विघटनविरुद्ध १६ वटा रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएका छन् । सबैमा एकै आदेश जारी भएको छ । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’ यस विषयमा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने इजलासले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार