बालुवाटारमा जेनजीसहित त्रिपक्षीय बैठक 

बुधबार, कात्तिक १२, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक बसेको छ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा बसेको हो । यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए । यसैबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार