सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । ‘जेनजी युनाइडेट फर परिवर्तन’ की प्रतिनिधि सदिक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले अपिल पत्र समेत बुझाएको बताइन् । उनले भनिन्, ‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्यो । हामीलाई त्यतिले मात्रै पुग्दैन हामीलाई सरकारको सर्पोट चाहिन्छ । हामीले अपिल पत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छौं । त्यसमा युनाइडेट हुन हामीलाई सहयोग गरिदिनुहोस् भनेका छौं । किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ ।’ छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए । उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन् ।