मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।  हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरू यतिबेला अप्ठेरोमा परेका छन् । स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो । मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार