सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए । उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ । त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौ ।’ यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए । उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरुलाई आह्वान गर्दै तयार हुन्छौ र एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौ भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ ।’ भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको पनि उनको भनाई छ । उनले भने, ‘भदौ २३ गते तीन वटा माग राखेर जेनजी युवाहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाउनु पर्यो । २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षती भयो, नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो । त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ ।’