छठ पर्वले प्रकृति र मानवभित्रको अँध्यारोलाई चिर्दै सबैमा उज्यालो र सकारात्मक ऊर्जा जगाओस् : प्रचण्ड

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् । छठलाई लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको पर्वका रूपमा वर्णन गर्दै अध्यक्ष दाहालले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउने बताएका छन् । उनले भनेका छन्, ‘छठ पर्वले सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउँछ ।’ प्रचण्डले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूबीच छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश विशेष महत्वको भएको उल्लेख गरे । उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सबैलाई आह्वान गरे । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार