Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

शनिबार, कात्तिक ८, २०८२

काठमाडौं । रोजगारीको अभाव, न्यून पारिश्रमिकलगायत विभिन्न समस्याका कारण देशव्यापी आन्दोलनमा रहेका नर्सहरूको आन्दोलनमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनु परेको बताएको छ ।   ‘देशभरका नर्सहरू अहोरात्र बिरामीको उपचार, हेरचाह, आम जनताको स्वास्थ्य सेवामा निस्वार्थ रूपमा समर्पित रहँदै आएका छन् । यद्यपि, निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित छन् ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  न्यून पारिश्रमिकले नर्सहरूको जीवन र भविष्यमा गम्भीर असर पारेको भन्दै नेविसंघले नर्सहरूले आफ्ना पेशागत अधिकार, न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेविसंघले ऐक्यबद्धता व्यक्त गरेको हो ।  विज्ञप्तीमा भनिएको छ, ‘अधिकांश नर्सहरूले सरकारी पाँचौँ तह अनुरूपको न्यूनतम पारिश्रमिक कानूनी व्यवस्था छ तर हाल नेपालका नर्सहरु आधा वा झन्डै १५–२० हजार रुपैयाँमा काम गर्न बाध्य छन् । यसले नर्सहरूको जीवन र भविष्यमा गम्भीर असर पारेको छ । यसर्थ, देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ ।’ श्रम ऐन २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला तोकिए पनि अधिकांश नर्सहरू अझै पनि यस मापदण्डसम्म भित्र पर्न नसकेकोप्रति नेविसंघले चिन्ता व्यक्त गरेको छ । साथै, नेविसंघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार