Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

जेन–जी आन्दोलनलगत्तै देश छाडेका भनिएका पूर्वऊर्जामन्त्री दीपक खड्का सार्वजनिक 

भने, ‘म देश छोडेर किन भाग्ने ?’
सोमबार, कात्तिक ३, २०८२

काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए । खड्काले सो समाचारप्रति दुख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छ ु?’ उनले थपे, ‘पत्रकारिता समाजलाई सुशुचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’ पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाए । ‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे । जेन–जी आन्दोलनलगत्तै पूर्वऊर्जामन्त्री खड्का विदेश भागेको समाचार सार्वजनिक भएको थियो । आज आफ्नै जलेको घरमा सार्वजनिक हुँदै उनले भने, ‘तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै छन् ।’ ‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । त्यसैले केही दिन बाहिर निस्कनुपर्‍यो भनेर तराई गयौं । त्यहाँ डेंगी भयो । मलाई पनि भयो,’ सोमबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु । राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन ।’ गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का भागेको जानकारी गराएका थिए । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार