दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन्, ‘श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु’ 

आइतबार, कात्तिक २, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् ।  ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् ।  दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए ।  उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु । माटो भनेको देश हो । हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त ।’ उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए ।  ‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौ,’ उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ ।’ यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए ।  ‘यो चुनावै हुँदैन । विहे गर्ने कहिले थाहा छैन, रत्यौली अहिले नाचेर हुन्छ ? त्यसैले यो चुनाव हुँदैन । जेनजीहरुका माग दुई वटा थियो । एउटा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउन र अर्को भष्ट्राचार र भष्ट्राचारीलाई कारबारी गर्ने हो यसका विषयमा म तयार छु । तर पानी बाँड्ने, गाँजा तान्ने, कोही लिडर हुँ भन्ने अनी भित्र लुकेर आफ्नो व्यवसाय गर्दै थिए भन्ने फटाहाहरुलाई सहन सकिदैन,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार