सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए । खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने बताए। महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । विहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा समेत राखेका छन् ।