मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सफा रहने

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।  
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । यस्तै,आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार