नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए । साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार