निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै

बिहीबार, असोज ३०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा सुरु भएको हो ।  आजको छलफलमा आयोगले निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय अन्तरिम सरकारले गरेको छ । निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार