सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनाल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनाललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सतिश कुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोनाल उक्त पदमा नियुक्त भएका हुन् । मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको थियो । लोसपा संसदीय दलका नेता सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका थिए । मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेकी थिइन् ।