सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उनकै भएको दुःखद समाचारले आफू मर्माहत भएको बताएका छन् । नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको प्रचण्डको भनाइ छ । ‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो’, उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । यस दुःखद घडीमा प्रचण्डले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन्, ‘मैले आफन्तहरूको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढ्न अनुरोध गर्दछु ।’