जेनजी युवाहरूबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

सोमबार, असोज २७, २०८२

काठमाडौं । जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरूबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार) का लागि सारिएको थियो । तर, जेनजी युवाहरूबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ । शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरूप्रति केही युवाहरू असन्तुष्ट भई नाराबाजी गरेका थिए । सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरूबीच विवाद टुङगिन सकेको छैन ।  प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरूबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार