सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ। पूर्व एआईजी सुवेदीले एक युट्युब च्यानलमा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्ड निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए । हिजो सुवेदीको अभिव्यक्तिको खण्डन गरेको माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले आज साइबर व्युरोमा उजुरी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए । ‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’ प्रचण्डको सचिवालयले भनेको छ, ‘पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेका छन । यसरी झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक संजालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देबेन्द्र सुवेदी बिरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।’