मंसिर अन्तिम साता एमालेको महाधिवेशन 

आइतबार, असोज २६, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ ।  आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  बैठकको मिति र स्थान भने भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए । 

'सरकार चुनाव गराउने बाटोमा छैन, संसद पुनर्स्थापना हुनुपर्छ' 
एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ । एमाले सचिवालय बैठकले सरकारले चुनावको वातावरण बनाउन भन्दा पनि बिगारिरहेको ठहर गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको भन्दै चुनावको वातावरण नबनेको बताए । ‘सम्माननीय राष्ट्रपतिज्यूले यो सरकारलाई निर्वाचनको कार्यादेश दिनुभएको छ। तर सरकार निर्वाचनको बाटोमा होइन । निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनूभूत गरेका छौँ’ ज्ञवालीले भने । ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एकाले पुगेको पनि जानकारी दिए । मध्यान्ह १२ बजेदेखि भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ९ घन्टा बसेको बैठकले यो निष्कर्ष निकाल्दै लोकतन्त्र पक्षधरबीच मिलेर सयुंक्त आन्दोलनका लागि अपिल पनि गरेको छ । संविधान जोगाउन लोकतान्त्रिक दल मिलेर एक पटक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाल्दै लोकतन्त्र पक्षधर दललाई आह्वान गर्ने निर्णय गरेको ज्ञवालीले बताए । प्रतिनिधि सभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको एमालेको ठहर छ । सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाए विचार गर्न सकिने ज्ञवालीले बताए ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार