तराई–मधेशमा बिहान–बेलुका चिसो, दिउसो गर्मी

आइतबार, असोज २६, २०८२

सर्लाही ।  सर्लाहीसहित तराई–मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ । दिउँसभर घाम लागेपनि बिहान–बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ । मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ । सर्लाहीमा एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ । अहिले दैनिक घाम लाग्ने क्रम जारी छ । मौसम अनुकूल बनेपछि धान पाकेका खेतमा किसानहरू भित्र्याउने काममा व्यस्त छन् । अन्य बाली रोप्ने किसान पनि खेतीपातीमा जुटेका छन् । चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार