भोलिबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

आइतबार, असोज २६, २०८२

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलिबाट सुरु हुने भएको छ । जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ ।  अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले भोली गर्ने उनले बताए । अधिवेशनबाट नयाँ नेतृत्वकालागि हालसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव अकांक्षी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार