सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेका लागि सारिएको छ । शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको बैठक दुई दिनको लागि सारेको जानकारी दिए । एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक सारिएको उनले जानकारी दिए । उनले भने, ‘भोलि २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौं । त्यसलाई दुईदिन पछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरु हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ । त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न सकौं र राजनीतिक मुद्धाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौं भनेर दुई दिनको लागि बैठक सारेको हो ।’ यस्तै, उनले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए । पदाधिकारी र पूर्व पदाधिकारीको बैठक महाधिवेशनबारे टुंगोमा पुग्न नसकेपछि नेपाली कांग्रेसले भोलिदेखि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक २ दिन पछि सारेको छ । प्रवक्ता महतका अनुसार अब केन्द्रीय समितिको बैठक असोज २८ गते बस्ने छ । त्यसअघि महाधिवेशनबारे छलफल गरेर निष्कर्षमा पुग्न कोसिस गरिनेछ । ‘अधिवेशन कहिले गर्न सक्छौँ भन्ने विषयमा पनि वृहत्तर छलफल भयो,’ बैठक सकिएपछि महतले भने, ‘हामीलाई अधिवेशन पनि गर्नुछ। तर, त्यो अधिवेशन विधिसम्मत, प्रक्रियासम्मत सबैको सहभागीता, युवाहरुको पनि सहभागीतामा गर्नु छ। हामी सबै चाहान्छौँ छोटो भन्दा छोटो समयमा होस् भन्ने हामी पनि चाहान्छौँ। तर, व्यवहारिक समय के हुन सक्दछ भन्ने कुरामा हामी अझै निष्कर्षमा पुग्न सकेका छैनौँ ।’ ‘त्यसो हुनाले कार्यसम्पादन समितिको सिफारिस अनुसार हामीले भोलिको केन्द्रीय समितिको पूर्ण बैठक रोखका थियौँ। त्यसलाई २ दिन पछाडि २८ गतेलाई लाने सबै एजेन्डामा चाँडै केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा पुग्न सकियोस् र हामी बैठक चाँडै समापन गरेर पार्टीलाई एकजुट बनाएर सम्पूर्णरुपमा परिचालन गर्ने ठाउँमा पुग्न पनि सकौँ,’ उनले थपे । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहीबारदेखि सुरु भएको थियो। बैठकमा महाधिवेशनबारे छलफल भएको थियो । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुुपर्ने र त्यो गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने मौखिक प्रस्ताव राखेका थिए । कतिपयले त्यसमा समर्थन जनाए पनि त्यसमा कांग्रेसका सबै नेताहरू निचोडमा पुुग्न सकेका थिएनन्। ठोस प्रस्तावबिना केन्द्रीय समितिमा जाँदा त्यहाँबाट झन् निष्कर्षमा पुग्न गाह्रो हुने भन्दै नेताहरु बैठक केही दिन सारेर भए पनि त्यसमा छलफल गर्न तयार भएका हुन् । ललितपुरको सानेपास्थित आगजनीग्रस्त केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन् । बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए ।