Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

जेनजीसँग निर्वाचनलगायतका विषयमा वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

शनिबार, असोज २५, २०८२

काठमाडौँ ।  जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।  आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन् ।  त्यसपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।  अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।  अब जेनजीका प्रतिनिधिसँग आगामी सोमबार दिउँसो ३ बजे छलफल गरिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यसो त आज वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर असन्तुष्ट जेनजी युवाले नाराबाजी गरेका कारण पनि छलफल अघि बढ्न सकेको थिएन । जेनजीसँग बैठक सोमबारलाई सरेको छ । राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्रीसहित सबै दलका नेताहरुसँग निर्वाचनबारे छलफल गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार